फुरमु लाहमों/सिलीगुड़ी!! एक चित्तले अघि बढे कुनै काम असम्भव छैन भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गर्दै पहाडकी छोरी सलोमी राईले मिस हिमालय वार्ल्ड वाईड २०२१ को उपाधि हासिल गरेकी छन्। यससँगै उनी मिस ईण्डिया कन्टिनेन्ट 2021को पहिलो उपविजेता पनि बनेकी छन्। गत 23 जनवरी को दिन देश को राजधानी दिल्लीमा आयोजित प्रतियोगिताको फाईनलसम्म पुगेपछि उनले यी दुवै उपाधि आफ्नो नाम गर्न सफल भएकी छन्। उनी हिजो मात्र आफ्नो घर दस माईल फरेस्ट बस्ती आइपुगेकी छन् भने घर आएपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा राईले भनिन्, आफूमा भएको कलालाई प्रदर्शन गर्न संघर्ष गर्नु पर्छ। जसले संघर्ष गर्छन् उसले अवश्य सफलता हाँसिल गर्ने कुरोमा आफू विश्वस्त रहेको बताउदै उनले प्रतियोगितामा भारतको विभिन्न प्रान्तबाट आएका प्रतियोगिहरूले अंश ग्रहण गरेको बताईन्। पिता भगत राई अनि माता दिलकुमारी राईकी 21 वर्षीय सुपुत्री समोली राई भन्छिन्,मलाई बाल्यकालदेखि नै मोडलिङप्रति रूचि थियो भने मैले यस क्षेत्रमा आउनका लागि धेरै संघर्ष गरेकी छु। यहाँसम्म पुग्नुमा मेरो आमा पापाको ठूलो भूमिका रहेको बताउदै उनले यो उपाधि आफ्नो माता पितालाई समर्पण गरिन्। उनले आफूलाई यो क्षेत्रमा अघि बढ्ने क्रममा हौसला प्रदान गर्ने सम्पूर्ण सुभचिन्तकहरूलाई आभार व्यक्त गरेकी छन्। यसबाहेक उनले पहाडका सम्पूर्ण नारीहरूलाई पनि आफ्नो सपनालाई साकार गर्नका लागि संघर्ष गर्नु पर्ने आह्वान गर्दै संघर्ष गरे एकदिन अवश्य पनि सफलता हासिल गर्न सकिने राईले बताईन।